images
images

‘मेरो अटो राईड २०२४’ शुक्रबार हुँदै, राइडिङ कल्चरको विकास गर्ने उद्देश्य

‘मेरो अटो राईड २०२४’ शुक्रबार हुँदै, राइडिङ कल्चरको विकास गर्ने उद्देश्य

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • ‘मेरो अटो राईड २०२४’ शुक्रबार हुँदै, राइडिङ कल्चरको विकास गर्ने उद्देश्य

    काठमाडौं / आन्तरिक पर्यटन र मोटरसाइकल राइड टुरिजममा प्रोफेसनलहरुलाई जोड्ने लक्ष्यका साथ ‘मेरोअटो राईड–२०२४’  भाेली शुक्रबार (माघ २५) सुरु हुँदैछ । 

    दुई दिन चल्ने यो राइडमा विभिन्न क्षेत्रमा काम गर्ने प्रोफेशनहरुले सहभागिता जनाउने छन् ।
    आन्तरिक पर्यटनलाई जोड दिने र प्रोफेसनलहरुमा राइडिङ कल्चरको विकास गर्ने उद्देश्यका साथ हुन लागेको राइडमा करिब २५ वटा मोटरसाइकल सहभागि हुने आयोजकले बताएको छ ।
     
    ‘हामी आन्तरिक पर्यटन प्रवद्र्धन र प्रोफेसनलहरुलाई पनि टुरिङमा जोड्नु पर्छ भन्ने योजनाका साथ यो दुई दिने कार्यक्रम गर्दैछौं । यसमा सहभागि हुने राइडरहरुले आफ्नै आँखा अगाडि सगरमाथा देख्न पाउनु हुनेछ’, कार्यक्रमका संयोजक तथा मेरोअटोका संचालक हरि गजुरेलले भने ।
     
    उनका अनुसार राइड काठमाडौंको नक्शालमा रहेको बाइकर्स क्याफेबाट सुरु भएर धुलिखेल–खुर्कोट–घुर्मी–ओखलढुङ्गा हुँदै सोलुखुम्बुको पताले बजारसम्म हुनेछ । जहाँबाट सगरमाथ लगायत करिब २०÷२२ वटा हिमाल नाङ्गो आँखालेनै आफैँ अगाडि उभिए जसरी देख्न पाइन्छ ।
     
    कार्यक्रमलाई रोयल इनफिल्ड, केटीएम, बाइकर्स क्याफे, आइएनआई सिनेमाज् र वर्ल्ड मंक रमले प्रायोजन गरेका छन् । त्यस्तै सेफ्टी पाट्नरको रुपमा कवच र यति हेल्मेट रहेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार