images
images

दोस्रो त्रैमाससम्म टेलिकमको नाफा ३२ करोड ३३ लाख रुपैयाँ घट्यो, कति छ प्रतिसेयर आम्दानी ?

दोस्रो त्रैमाससम्म टेलिकमको नाफा ३२ करोड ३३ लाख रुपैयाँ घट्यो, कति छ प्रतिसेयर आम्दानी ?

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • दोस्रो त्रैमाससम्म टेलिकमको नाफा ३२ करोड ३३ लाख रुपैयाँ घट्यो, कति छ प्रतिसेयर आम्दानी ?

    काठमाडौँ / नेपाल टेलिकमले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार यस अवधिमा कम्पनीको नाफा ३२ करोड ३३ लाख ७३ हजार रुपैयाँ अर्थात ७.६० प्रतिशतले घटेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख ७६ हजार रुपैयाँ नाफा कमाएको कमपनीले समीक्षा अवधिमा भने यस्तो रकम घटाएर ३ अर्ब ९३ करोड १४ लाख ३ हजार रुपैयाँमा सीमित गरेको हो । 

    images
    images

    पुस मसान्तसम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा रहेको देखिन्छ भने कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आवको सोही अवधिको कूल आय  २२ अर्ब १० करोड ११ लाख ३७ हजारको तुलनामा  ७९ करोड १७ लाख ५७ हजार अर्थात ३.५८ प्रतिशतले कम हो ।

    त्यस्तै, समीक्षा अवधिमा कम्प्नीको कुल सञ्चालन आय १७ अर्ब २४ करोड ६७ लाख ७९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो आय १८ अर्ब ७ करोड ७३ लाख ४८ हजार रुपैयाँ रहेको थियो । सोको तुलनामा समीक्षा अवधिमा कुल सञ्चालन आय ८३ करोड ५ लाख ६९ हजार अर्थात ४.५९ प्रतिशतले घटेको हो । 

    वित्तीय विवरण प्रकाशित गर्दै कम्पनीले ओटिटि सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आ.व.को दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब  ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको जानकारी दिएको छ ।

    मौसमको प्रतिकुल असरले गर्दा विद्युत आपुर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा संचालन हुन नसकेको, बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कारणले आम्दानी प्रभावित भएको कम्पनीको जिकिर छ । 

    सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको र बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड ७ लाखले कमी भएको टेलिकमले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार