images
images

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम (पूर्णपाठसहित)

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम (पूर्णपाठसहित)

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम भएको छ ।

मंगलवार, फागुन १ २०८०
मंगलवार, फागुन १ २०८०
  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा, औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम (पूर्णपाठसहित)

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । 

    images
    images

    राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम भएको छ । 

    यस्तै वार्षिक बिन्दुगत आधारमा पुसमा उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ । यसैगरी चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा पुस मसान्तमा १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम भएको छ । चालु खाता बचतमा रहेको र शोधनान्तर बचत उल्लेख्य बढेको कारण विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको बैंकको भनाइ छ । 

    यस्तै, राष्ट्र बैंकले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै संस्थागत निक्षेपकर्तालाई राहत दिएको छ। बैंकले व्यक्तिभन्दा संस्थागत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर १ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्न पाउने व्यवस्था गर्ने बताएको हो । 

    यसअघि संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा २ प्रतिशत बिन्दुसम्मले न्यून राखी तय गर्नुपर्ने व्यवस्था थियो।निक्षेपको ब्याजदर घट्दै जाँदा संस्थागत निक्षेपकर्ताले उक्त व्यवस्था अनुसार संस्थागत निक्षेपकर्ताको आम्दानी नै प्रभावित भएको भन्दै त्यसलाई परिमार्जन गर्न लबिङ गर्दै आएका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार