images
images

गरिमा क्यापिटलले १ अर्ब बराबरको गरिमा समृद्धि योजना सञ्चालन गर्ने, सेवनमा दियो निवेदन

गरिमा क्यापिटलले १ अर्ब बराबरको गरिमा समृद्धि योजना सञ्चालन गर्ने, सेवनमा दियो निवेदन

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • गरिमा क्यापिटलले १ अर्ब बराबरको गरिमा समृद्धि योजना सञ्चालन गर्ने, सेवनमा दियो निवेदन
    images
    images

    काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको पहिलो बन्दमुखी योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने भएको छ । गरिमा क्यापिटलले आफू योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गत सो योजना सञ्चालन गर्नका लागि आइतबार नेपाल धितोपत्र बोर्ड (सेवन)मा निवेदन पेस गरेको हो । 

    प्रस्तावित योजना अन्तर्गत १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागिएको हो । उक्त योजना हाल नेपाल धितोपत्र बोर्डको म्युचूअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको कम्पनीले जनाएको छ ।

    कम्पनीले यस संस्थाले सामूहिक लगानी कोषको योजना व्यवस्थापन बाहेक लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरो शेयर खाता सम्बन्धी) सेवा प्रवाह गर्दै आएको छ । 

    गरिमा विकास बैङ्क लिमिटेडको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैङ्कर हो । गरिमा क्यापिटल लिमिटेडका सम्पूर्ण सेवाहरू ग्राहक समक्ष पु¥याउनका लागि गरिमा विकास बैङ्कका सम्पूर्ण शाखा कार्यालयहरूबाट सहजीकरण हुँदै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार