images
images

यी हुन् ७ महिनामा नेपालबाट अर्बै माथि निर्यात हुने प्रमुख वस्तु, सबैभन्दा बढी फलाम तथा स्टिल

यी हुन् ७ महिनामा नेपालबाट अर्बै माथि निर्यात हुने प्रमुख वस्तु, सबैभन्दा बढी फलाम तथा स्टिल

बुधवार, फागुन ९ २०८०
बुधवार, फागुन ९ २०८०
  • यी हुन् ७ महिनामा नेपालबाट अर्बै माथि निर्यात हुने प्रमुख वस्तु, सबैभन्दा बढी फलाम तथा स्टिल

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को सात महिनामा नेपालले ८६ अर्ब ८३ करोड रुपैयाँ बराबरको वस्तु तथा सामान विभिन्न मुलुकहरूमा निर्यात गरेको छ । 

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापार तथ्याङ्क अनुसार सात महिनामा ८६ अर्ब ८३ करोड ९ लाख ११ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको हो । 

    यो गत आर्थिक बर्षको सोहि अवधीको तुलनामा ७.०७ प्रतिशतले कम हो । गत आर्थिक बर्षको सोहि अवधीमा नेपालले विभिन्न मुलुकहरूमा ९३ अर्ब ४३ करोड २३ लाख ३८ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात गरेको थियो । 

    विभागको तथयाङ्क अनुसार कूल वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा ८.८२ प्रतिशत मात्रै रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.४४ प्रतिशतले खुम्चिएको हो । 

    यी हुन् सबैभन्दा धेरै निर्यात भएका वस्तुहरू 

    नेपालको कूल वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा ८.८२ प्रतिशत मात्रै रहेपनि केही वस्तुहरु निर्यात भने अर्ब माथिको परिणाममा निर्यात गर्न सफल भएका छन् । ७ महिनाको अवधीमा सबैभन्दा धेरै फलाम तथा स्टिलको निर्यात भएको छ ।

    विभागको तथ्यांकअनुसार माघ मसान्तसम्म नेपालले फलाम तथा स्टिल ९ अर्ब २९ करोड १ लाख ३२ हजार बराबरको निर्यात गरेको हो । यस्तै कफी तथा चिया जन्य वस्तुहरु निर्यात हुने वस्तुको दोस्रो नम्बरमा छ । सात महिनामा कफी तथा चिया जन्य वस्तुहरु ८ अर्ब ७ करोड ८९ लाख ३३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

    यस्तै, भुईं कभरिङ कपडा ६ अर्ब ६० करोड ७५ लाख ५३ हजार, मानव निर्मित स्टेपल फाइबर ६ अर्ब ३४ करोड ६६ लाख २५ हजार, काठका सामग्री तथा काठको कोइला ४ अर्ब ५६ करोड १२ लाख, बोसो तथा तेजन्य पदार्थ ४ अर्ब ३९ करोड ९७ लाख ३८ हजार, तयारी नभएका कपडा तथा धागोजन्य सामग्री ४ अर्ब ६४ करोड ५९ लाख २४ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

    यता, औद्योगिक खाद्य तथा पशुपंक्षीको लागि तयारी खाना ३ अर्ब ६७ करोड ४५ लाख १७ हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । तरकारीजन्य फाइबर कपडा–कागजको धागोको बुनेको कपडा ३ अर्ब २ करोड ५१ लाख ७८ हजार रुपैयाँको निर्यात गरेको छ ।  

    तथ्याङ्क अनुसार ७ महिनामा विशेष प्रकारको धागो/डोरीहरु २ अर्ब ७९ करोड ९३ लाख २२ हजार, कार्पेट र अन्य  र कपडा तथा धागोजन्य सामग्री २ अर्ब ७४ करोड ४७ लाख २२ हजार बराबरको निर्यात भएको छ भने भेजिटेबल प्लेटिङ सामग्री २ अर्ब १ करोड ६७ लाख ९३ हजार र नुन/सल्फर/माटो/ढुंगा/प्लास्टरिङ सामग्री/सिमेन्ट लगायतका सामग्री २ अर्ब ११ करोड ५० लाख ६५ हजार रुपैयाँ बराबरको निर्यात गरेको विभागको तथ्यांकले देखाएको छ ।

    क्र.स निर्यात भएका वस्तुहरू  निर्यात रकम
    १. फलाम तथा स्टिल ९ अर्ब २९ करोड १ लाख ३२ हजार
    २. कफी तथा चिया जन्य वस्तु ८ अर्ब ७ करोड ८९ लाख ३३ हजार
    ३. भुईं कभरिङ कपडा  ६ अर्ब ६० करोड ७५ लाख ५३ हजार
    ४. मानव निर्मित स्टेपल फाइबर ६ अर्ब ३४ करोड ६६ लाख २५ हजार
    ५. काठका सामग्री तथा काठको कोइला ४ अर्ब ५६ करोड १२ लाख
    ६. बोसो तथा तेजन्य पदार्थ ४ अर्ब ३९ करोड ९७ लाख ३८ हजार
    ७. तयारी नभएका कपडा तथा धागोजन्य सामग्री   ४ अर्ब ६४ करोड ५९ लाख २४ हजार
    ८. औद्योगिक खाद्य तथा पशुपंक्षीको लागि तयारी खाना  ३ अर्ब ६७ करोड ४५ लाख १७ हजार
    ९. फाइबर कपडा–कागजको धागोको बुनेको कपडा ३ अर्ब २ करोड ५१ लाख ७८ हजार
    १०. विशेष प्रकारको धागो/डोरी २ अर्ब ७९ करोड ९३ लाख २२ हजार
    ११. कार्पेट र अन्य  र कपडा तथा धागोजन्य सामग्री २ अर्ब ७४ करोड ४७ लाख २२ हजार
    १३. प्लेटिङ सामग्री २ अर्ब १ करोड ६७ लाख ९३ हजार
    १४. नुन/सल्फर/माटो/ढुंगा/प्लास्टरिङ सामग्री/सिमेन्ट लगायतका सामग्री २ अर्ब ११ करोड ५० लाख ६५ हजार

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार