चर्चित समाचार
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल

    त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल

    बिहिवार, फागुन १० २०८०
    बिहिवार, फागुन १० २०८०
  • त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल

    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयको २० औं उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन् । 

    पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् । 

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो।

    उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवं अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार