images
images

अमेरिकी डलर कमजोर हुँदा बलियो बन्यो युरो, कुन मुद्राको भाउ कति पुग्यो ? हेर्नुस् विनिमय दर

अमेरिकी डलर कमजोर हुँदा बलियो बन्यो युरो, कुन मुद्राको भाउ कति पुग्यो ? हेर्नुस् विनिमय दर

शुक्रवार, फागुन ११ २०८०
शुक्रवार, फागुन ११ २०८०
  • अमेरिकी डलर कमजोर हुँदा बलियो बन्यो युरो, कुन मुद्राको भाउ कति पुग्यो ? हेर्नुस् विनिमय दर

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ । 

    images
    images
    images
    images

    यसअघि एकको खरिदमा १३२ रुपैयाँ ४६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ६ पैसा तोकिएको अमेरिकी डलरको भाउ आज घटेर खरिदमा १३२ रुपैयाँ २५ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८५ पैसा कायम भएको छ । डलर कमजोर हुँदा युरो भने बलियो बनेको छ आज । यसअघि युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ र बिक्रीमा १४३ रुपैयाँ ६५ पैसा रहेकोमा आज बढेर खरिदमा १४३ रुपैयाँ ४८ पैसा र बिक्रीमा १४४ रुपैयाँ १४ पैसा पुगेको छ । 

    यता, अष्ट्रेलियन डलर समेत महँगिएको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ७८ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ १७ पैसा कायम भएकोमा अष्ट्रेलियन डलर आज बढेर खरिदमा ८७ रुपैयाँ ४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ४४ पैसा पुगेको हो । 

    त्यस्तै, आज जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८० पैसा र बिक्री दर ८ रुपैयाँ ८४ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४२ पैसा पर्नेछ । 

    त्यस्तै, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४३ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २७ रुपैयाँ ७९ पैसा र बिक्रीमा २७ रुपैयाँ ८१ पैसा, साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ९७ पैसा र बिक्री मूल्य १० रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिद दर ४२९ रुपैयाँ ४४ पैसा र बिक्री दर ४३१ रुपैयाँ ७९ पैसा पर्नेछ भने बहराइन दिनारको एकको खरिदमा ३५० रुपैयाँ ८२ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ४१ पैसा पर्नेछ । 

    binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार