युरोपेली आयोगले युरोपियन ग्रीन डिल अन्तर्गत यूरोपेली सङ्घ (ईयु)को वातावरणीय र जलवायु महत्वाकांक्षाको कार्यान्वयनलाई समर्थन गर्न युरोपमा १२ वटा नयाँ रणनीतिक परियोजनाहरूमा २३ करोड ३० लाख भन्दा बढी लगानी गरिरहेको छ ।
रणनीतिक परियोजनाले कृषि, क्षेत्रीय र अनुसन्धान कोषका साथै राष्ट्रिय सरकार र निजी क्षेत्रको लगानीसहित अन्य ईयू स्रोतहरूबाट पर्याप्त अतिरिक्त कोष परिचालन गर्ने अपेक्षा गरिएको छ ।
बाह्र रणनीतिक परियोजनालाई प्रदान गरिएको कोषले बुल्गेरिया, आयरल्याण्ड, स्पेन, फ्रान्स, इटाली, लिथुआनिया, अस्ट्रिया, पोल्याण्ड र फिनल्याण्डलाई उनीहरूको राष्ट्रिय वातावरणीय र जलवायु लक्ष्यहरूमा पुग्न मद्दत गरी ईयूको हरित कार्यक्रममा आफ्नो योगदान बढाउने बताइएको छ ।
कार्यक्रम वातावरण र जलवायु संरक्षणका लागि ईयुको लगानी हो ।