images
images

वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, क्रस बोर्डर डिजिटल सहज बनाउने

वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, क्रस बोर्डर डिजिटल सहज बनाउने

सोमवार, फागुन १४ २०८०
सोमवार, फागुन १४ २०८०
  • वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउसबीच सम्झौता, क्रस बोर्डर डिजिटल सहज बनाउने
    images
    images

    काठमाडौं/  बैंक तथा वित्तीय संस्थालाई एपीआई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस उपलब्ध गराइरहेको वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच क्रस बोर्डर (अन्तरदेशीय) डिजिटल भुक्तानी सहज बनाउने समझदारी भएको छ।


    समझदारी पत्रमा वानप्वाइन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रीप्रताप श्रेष्ठ र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

    समझदारी अनुसार  नेपाल क्लियरिङ हाउसमार्फत हुने क्रस बोर्डर भुक्तानी प्रणाली सञ्चालन गर्न वानप्वाइन्ट फाइनान्सियल सर्भिसेस कार्यान्वयन साझेदार हुनेछ ।

    यसका लागि वानप्वाइन्टले भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपीसीआई) को स्ट्यान्डर्ड अनुसार विकास गरेको भर्चुअल पेमेन्ट एड्रेस–भीपीए मोड्युल नेपालका बैंक तथा वित्तीय संस्थाहरूलाई प्रदान गर्नेछ । 

    यसबाट एनसीएचएलमार्फत हुने भारतसँगको क्रस बोर्डर भुक्तानी प्रणाली कार्यान्वयनमा आउनेछ ।
    भारतसँगको कर्स बोर्डर भुक्तानीका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसनसँग नेपाल क्लियरिङ हाउसले नेपालका बैंक वित्तीय संस्थाको स्विचको रूपमा काम गर्छ ।

    बैंक वित्तीय संस्थाको डिजिटल भुक्तानी पूर्वाधारलाई सबल र सक्षम बनाउन सहयोग गर्दै आएको वानप्वाइन्टले सुरक्षित र विश्वसनीय डिजिटल प्रणाली तथा प्लाटफर्म उपलब्ध गराउँदै आएको छ ।

    हालसम्म १३ वटा वाणिज्य बैंकसहित कुल १८ वटा बैंक तथा वित्तीय संस्थालाई वानप्वाइन्टले डिजिटल प्रणाली उपलब्ध गराउँदै आएको छ ।
    वाणिज्य बैंकहरु ग्लोबल आईएमई बैंक, नाविल बैंक, एभरेस्ट बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक,  एनएमबी बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले वान प्वाइन्टले विकास गरेका विभिन्न डिजिटल भुक्तानी प्रणाली र च्यानलहरू प्रयोगमा ल्याइरहेका छन् ।

    त्यस्तै, आईएमई रेमिट, जीएमई रेमिट, थैली, छिटो पैसालगायतले पनि वानप्वाइन्टको डिजिटल प्लाटफर्म  प्रयोगमा ल्याएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार