images
images

अमेरिकी डलरदेखि कुवेती दिनारलगायतका मुद्रालाई कति पर्ला आज ?

अमेरिकी डलरदेखि कुवेती दिनारलगायतका मुद्रालाई कति पर्ला आज ?

बिहिवार, फागुन १७ २०८०
बिहिवार, फागुन १७ २०८०
  • अमेरिकी डलरदेखि कुवेती दिनारलगायतका मुद्रालाई कति पर्ला आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज बिहीबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९८ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ २० पैसा र बिक्री मूल्य १४३ रुपैयाँ ८४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ०५ पैसा र बिक्रीमाा ८६ रुपैयाँ ४४ पैसा पर्नेछ । 

    images
    images

    त्यस्तै, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ७९ पैसा र बिक्रीमा ८ रुपैयाँ ८३ पैसा, चाइनिज युआन एकको खरिद मूल्य १८ रुपैयाँ ३९ पैसा र बिक्री मूल्य १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ ३० पैसा र बिक्रीमा ३५ रुपैयाँ ४६ पैसा तोकिएको छ । 

    यसैगरी, कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३० पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४७ पैसा, युएई दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद दर २७ रुपैयाँ ७६ पैसा र बिक्री दर २७ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिदमा ४३० रुपैयाँ १८ पैसा र बिक्रीमा ४३२ रुपैयाँ १३ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रुपैयाँ १६ पैसा र बिक्री दर ३५२ रुपैयाँ ७५ पैसा पर्नेछ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार