images
images

सिजन सुरू हुँदै गर्दा बढ्यो पर्यटक आगमन, फेब्रुअरीमा भित्रिए ९७ हजार

सिजन सुरू हुँदै गर्दा बढ्यो पर्यटक आगमन, फेब्रुअरीमा भित्रिए ९७ हजार

पर्यटन बोर्डको तथ्यांकअनुसार यो संख्या अघिल्लो महिनाको तुलनामा १८ हजारले बढी हो।

शुक्रवार, फागुन १८ २०८०
शुक्रवार, फागुन १८ २०८०
  • सिजन सुरू हुँदै गर्दा बढ्यो पर्यटक आगमन, फेब्रुअरीमा भित्रिए ९७ हजार

    काठमाडौँ / सन् २०२४ को फेब्रुअरीमा ९७ हजार ४२६ पर्यटक भित्रिएका छन्। यो संख्या अघिल्लो महिनाभन्दा १८ हजारले बढी हो। यसअघि जनवरीमा ७९ हजार पर्यटक भित्रिएका थिए। 

    images
    images

    पर्यटन बोर्डको तथ्यांकअनुसार फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना पर्यटक पर्यटक भित्रिएका हुन्। यसमा सबैभन्दा धेरै भारतीय पर्यटक छन्। बोर्डको तथ्यांकअनुसार फेब्रुअरीमा २५ हजार ५ सय ७८ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन्।

    त्यस्तै, चीनबाट नौ हजार १ सय ८०, अमेरिकाबाट नौ हजार, थाइल्यान्डबाट चार हजार ७ सय ९९, बेलायतबाट चार हजार ५ सय ७१, बंगलादेशबाट चार हजार ९९, श्रीलंकाबाट तीन हजार ६ सय ८४ जना भित्रिएका छन्। 

    त्यसैगरी, अस्ट्रेलियाबाट २ हजार ९ सय ७६, म्यानमारबाट २ हजार ९ सय २१ र जर्मनीबाट २ हजार ४ सय ९४ आएका थिए ।

    विभागको तथ्याङ्क अनुसार देशको अर्थतन्त्रमै मन्दी छाइरहेका वेला विदेशी पर्यटक आगमनमा भने सुखद संकेत देखिएको छ ।मार्च, अप्रिल र मेलाई पर्यटकीय सिजन मानिन्छ। यही सिजनमा पदयात्रा तथा पर्वतारोहणका लागि पर्यटक आगमन बढेको हो।

    यसअघि सन् २०२२, २०२१, २०२० र २०१९ फेब्रुअरीमा क्रमशः १६ हजार ९ सय ७५, ८ हजार ८ सय ७४, ९ हजार २ सय ६६ र १ लाख २ हजार ४ सय २३ पर्यटक आएका थिए । चार वर्षपछि यसपालि ९७ लाख पर्यटक भित्रिएका हुन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार