images
images

बैंकर्स संघका पदाधिकारीले भेटे अर्थमन्त्री, जनाए आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता

बैंकर्स संघका पदाधिकारीले भेटे अर्थमन्त्री, जनाए आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता

बिहिवार, फागुन २४ २०८०
बिहिवार, फागुन २४ २०८०
  • बैंकर्स संघका पदाधिकारीले भेटे अर्थमन्त्री, जनाए आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता

    काठमाडौँ / नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्रीसँग बर्षमान पुनसँग भेट गरी बधाई तथा शुभकामना ज्ञापन गरेका छन् । 

    images
    images
    images
    images

    बिहीबार भएको उक्त भेटघाटका अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक बृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराएका थिए । 

    साथै, उनले पछिल्लो समय अर्थतन्त्रमा  देखा परेका चुनौतीहरुका विषयमा जानकारीसमेत जानकारी गराएका थिए । 

    संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायित्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । 

    नवनियुक्त अर्थमन्त्री पुनले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गरेका थिए । साथै, उनले हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार