images
images

सिद्धार्थ बैङ्कको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा, कसरी प्राप्त गर्ने यो ?

सिद्धार्थ बैङ्कको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा, कसरी प्राप्त गर्ने यो ?

शुक्रवार, फागुन २५ २०८०
शुक्रवार, फागुन २५ २०८०
  • सिद्धार्थ बैङ्कको महिला स्वास्थ्यमा लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा, कसरी प्राप्त गर्ने यो ?

    काठमाडौँ / सिद्धार्थ बैङ्क लिमिटेडले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरूलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैङ्कले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पु-याउने उद्देश्यले पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको हो ।  

    images
    images
    images
    images

    महिला वर्गलाई लक्षित यस कार्डमार्फत गरिएको खरिदमा बैङ्कले कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ । 

    यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अह्म भुमिका खेल्ने बैङ्कले विश्वास लिएको छ ।

    सो कार्डको बारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैङ्कको नजिकैको शाखा कार्यालय वा बैङ्कको वेबसाइट वा बैङ्कद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा उल्लेखित कुनै पनि माध्यमहरूबाट सम्पर्क गरी प्राप्त गर्न सकिनेछ । 

    सबै क्षेत्र र वर्गसम्म बैङ्किङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले बैङ्कले देशभर १९६ वटा शाखा (५ एक्स्टेन्सन् काउन्टरसहित), ७३ शाखारहित बैङ्किङ्ग सेवा र २२६ एटिएम मार्फत उच्चस्तरीय एवं प्रविधिमैत्री बैङ्किङ्ग सेवा प्रदान गर्दै आएको छ ।

    ‘सम्बन्ध सधैभरीलाई’भन्ने नारा अवलम्बन गर्दै बैङ्कले ‘सिद्घार्थ केयर’मार्फत विभिन्न सेवा प्रदान गर्ने तथा गुनासोलाई सम्बोधन गर्ने कार्य हप्ताको सातै दिन २४सै घण्टा गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार