images
images

जेएफएले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि

जेएफएले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • जेएफएले जित्यो सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि

    काठमाडौँ / जुनियर फुटबल एकेडेमी (जेएफए) स्पोर्टस् नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा भएको सेभेन ‘ए’ साइड ओपन फुट्सल प्रतियोगिताको उपाधि जितेको छ । बौद्ध अजिमा समाजको आयोजनामा शुक्रबार फुट्सल एरिनामा भएको चौथो संस्करणको प्रतियोगितामा जेएफएले उपाधि जितेको हो ।

    images
    images

    प्रतियोगितामा ९ टिमको सहभागिता रहेको थियो । जेएफएले रियल मड्रिड फ्यान क्लबल नेपाललाई ८–० गोलले पराजित गरेर क्वार्टरफाइनलमा स्थान बनाएको थियो । त्यस्तै बज्र इन्टरनेशनल कलेजलाई ७–० र आयोजक बज्र अजिमा समाजलाई पेनाल्टी सुटआउटमा २–० गोलले पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । फाइनल खेलमा सिम्बा खुकुरीलाई १–० गोलले पराजित गर्दै जेएफएले उपाधि जितेको हो । जेएफएको लागि जेनिफर रानाले विजयी गोल गरिन् ।

    विजेता जेएफएले नगद पुरस्कार ३० हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता सिम्बा खुकुरीले २० हजार नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी जेएफएकी जेनिफर राना घोषित भइन् । भने उत्कृष्ट गोलकिपरको उपाधि जेएफएकी झरना बायु राईले प्राप्त गरिन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार