काठमाडौँ / नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला ३० रुपेयाँले कमी भई प्रतितोला एक हजार चार सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।