images
images

माछापुच्छ्रे  बैंकले पोखरामा बिगमार्टका यी शाखाहरुमा ग्राहकहरुलाई १० प्रतिशत सम्म छुट  उपलब्ध गराउने

माछापुच्छ्रे  बैंकले पोखरामा बिगमार्टका यी शाखाहरुमा ग्राहकहरुलाई १० प्रतिशत सम्म छुट  उपलब्ध गराउने

बुधवार, फागुन ३० २०८०
बुधवार, फागुन ३० २०८०
  • माछापुच्छ्रे  बैंकले पोखरामा बिगमार्टका यी शाखाहरुमा ग्राहकहरुलाई १० प्रतिशत सम्म छुट  उपलब्ध गराउने

    काठमाडौँ/  माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरुमा १० प्रतिशत छुट दिने भएको छ । 

    images
    images
    images
    images

    बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट बैंकले प्रदान गर्न लागेको हो । 

    बैंकले ग्राहकले डेविट कार्डमार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढिमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको छ । 

    यो क्यासब्याक बिगमार्टका पोखराको रामबजार, पस्र्याङ, बगर, शितलादेवी, र फूलबारीलगायत  शाखाहरुमा हुनेछ । 
     माछापुच्छ्रे बैंक ले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आईरहेको छ । 

    यस प्रकारको सम्झौताले गर्दा  ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आईरहेको छ ।  साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम डिजिटल उत्पादन  तथा सेवाहरू संचालन गरिरहेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार