images
images

दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

बिहिवार, चैत १ २०८०
बिहिवार, चैत १ २०८०
  • दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र उच्च प्राथमिकतामा छ : मन्त्री भण्डारी

    महेन्द्रनगर (कञ्चनपुर) / उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

    images
    images

    आज यहाँ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको समापन समारोहमा  मन्त्री भण्डारीले दोधारा चादँनी सुक्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र निर्माणमा आफू लागिपर्ने बताए ।

    महाकाली करिडोरलाई त्रिदेशीय नाकाका रुपमा विकास गर्ने सरकारको योजना छ ।” उनले भने,–“कञ्चनपुरलाई आद्यौगिक केन्द्रका रुपमा विकास गर्न म दत्तचित्त भएर लाग्नेछु ।”

    सुदूरपश्चिमको विकासका संवाहक जडीबुटी र खानीजन्य उद्योग प्रवद्र्धनमा  उद्योग मन्त्रालयका तर्फबाट भरमग्दुर प्रयत्न हुने तथा उच्चस्तरीय अध्ययन टोली  परिचालन गरिने उनले बताए । 

    मुलुकमा लगानीमैत्री वातावरण बनाउन हरसम्भव प्रयास भइरहेको बताउँदै उनले सरकार लगानी सम्मेलनको तयारीमा लागेको जानकारी दिए । 

    “निजी क्षेत्रसित निकट रहेर सरकार अघि बढ्न चाहन्छ ।” उनले भने,–“त्यसका लागि थुप्रै ऐन÷कानुन संशोधन गर्नुपर्नेछ, लगानीमैत्री वातावरण बनाउन  बाधक ऐनकानुन संशोधन गरिने छन् ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार