काठमाडौँ / सोमबार अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ९१ पैसा पर्नेछ । नेपाल राष्ट्र बैङ्कले आज युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७३ पैसा तोकेको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८६ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८७ रुपैयाँ २० पैसा र क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७० पैसा र बिक्री दर ९८ रुपैयाँ १५ पैसा पर्नेछ ।
जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८ रुपैयाँ ९२ पैसा, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४४ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २८ पैसा र बिक्रीमा ३६ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
विस्तृत तालिकामा हेर्नुस्