images
images

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • अमेरिकी डलरदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आज मङ्गलबारको विदेशी मुद्रा बिक्री विनिमय दर प्रकाशित गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ ३६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ९६ पैसा तोकिएको छ भने युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ३३ पैसा र बिक्री दर १४४ रुपैयाँ ९८ पैसा तोकिएको छ । 

    images
    images

    यसैगरी अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ९० पैसा र बिक्री मूल्य ८७ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ७८ पैसा र बिक्री दर ९८ रुपैयाँ २२ पैसा, जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८८ पैसा र बिक्रीमा ८ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४५ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा, युएइ दिरहम एकको खरिदमा ३६ रुपैयाँ ०४ पैसा र बिक्रीमा ३६ रुपैयाँ २१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २८९ रपैयाँ ०५ पैसा र बिक्री मूल्य २८ रुपैयाँ १८ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९३ पैसा र बिक्री दर ९ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिद मूल्य ४३० रुपैयाँ ७१ पैसा र बिक्री मूल्य ४३२ रुपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिद दर ३५१ रुपैयाँ १२ पैसा र बिक्री दर ३५२ रुपैयाँ ७२ पैसा पर्नेछ । 

    Binimaya.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार