images
images

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति छ ?

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति छ ?

बिहिवार, चैत ८ २०८०
बिहिवार, चैत ८ २०८०
  • आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्राको विनिमय दर कति छ ?

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले प्रकाशित गरेको विनिमय दर अनुसार आज अमेरिकी डलरको भाउ बढेर १३३ रुपैयाँ ३६ पैसा पुगेको छ । यसअघि बिक्री मूल्य १३३ रुपैयाँ १६ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेको हो । त्यस्तै, अमेरिकी डलरको खरिद मूल्य भने आज १३२ रुपैयाँ ७६ पैसा रहेको छ । 

    images
    images

    त्यस्तै, युरोपियन युरो एकको खरिदमा १४३ रुपैयाँ ७७ पैसा र बिक्रीमा १४४ रुपैयाँ ४३ पैसा रहेकोमा आज घटेर खरिदमा १४३ रुपैयाँ ९३ पैसा र बिक्रीमा १४४ रुपैयाँ ५८ पैसा कायम भएको छ । 

    यसैगरी अष्ट्रेलियन डलरको भाउसमेत आज घटेको छ । यसअघि एकको खरिद मूल्य ८६ रुपैयाँ ३६ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ७५ पैसा रहेको  अष्ट्रेलियन डलरलाई आज खरिदमा ८६ रुपैयाँ ५३ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९२ पैसा तोकिएको छ । 

    यता, क्यानेडियन डलरको भाउसमेत घटेको छ । यसअघि एकको खरिद दर ९७ रुपैयाँ ७४ पैसा र बिक्री दर ९८ रुपैयाँ १४ पैसा रहेको क्यानेडियन डलरलाई आज खरिदमा ९७ रुपैयाँ ६१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०६ पैसा कायम भएको छ । 

     जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

    त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ४० पैसा र बिक्रीमा ३५ रुपैयाँ ५६ पैसा र कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा  तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार