images
images

दोहोरो अङ्कले घट्यो नेप्से, दुई अर्ब ४८ करोडको कारोबार, कसले कति गुमाए ?

दोहोरो अङ्कले घट्यो नेप्से, दुई अर्ब ४८ करोडको कारोबार, कसले कति गुमाए ?

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • दोहोरो अङ्कले घट्यो नेप्से, दुई अर्ब ४८ करोडको कारोबार, कसले कति गुमाए ?

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अङ्कले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

    images
    images

    आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ ।

    होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ एक दशमलव २२, विकास बैंक एक दशमलव ४९, वित्त शून्य दशमलव ८५, जलविद्युत् एक दशमलव १२ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ९६, उत्पादन दुई दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव ७७ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

    बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु २८ करोड ९० लाख २५ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार