images
images

यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • images
    images
    यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू रक्तसञ्चार तय गर्नेछ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलसँग गरेको सहकार्यलाई सङ्केत गर्दै यस्तो भनेका हुन् । 

    images
    images

    आफूले सकेसम्म देश र जनताको हितको लागि सबै दललाई विश्वासमा लिएर राष्ट्रिय सहमति कायम गर्नको लागि भूमिका खेलेको पनि दाहालको दाबी छ । उनले कतिपय अवस्थामा आफू एमालेसँग नजिक हुँदा कांग्रेसजनलाई र कांग्रेससँग नजिक हुँदा एमालेका साथीहरुलाई नमिठो लागेको पनि यथार्थ सुनाए । 

    उनले भने, “तर, हामीले भन्ने गरेको बिग ६, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष यसरी हेर्यो भने मलाई चाहीँ गर्व छ । यसले के देखाउँछ भने राष्ट्रिय सहमतिको वातावरण बनाउने नै काम गरेका छौँ । पत्रकार साथीहरूलाई म राष्ट्रिय सहमतिको वातावरण बनाउनको लागि आग्रह गर्दछु ।”

    प्रधानमन्त्री दाहालले मुलुकलाई चाहिएको सुशासन र समृद्धिको लागि त्यहीँअनुसार आफ्नो भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरे । 

    उनले भने, “अब सुशासन र विकासको लागि राष्ट्रिय सहमति चाहिएको छ । मैले गएको वर्षदेखि लगातार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही न केही मानक स्थापित गर्ने कोशिस गरेको छु, अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतको आवश्यकत्ता सम्बोधन गर्ने कोशिस गरेको छ् । अहिले नयाँ सिराबाट त्यो प्रयासलाई अघि बढाउँदैछौँ । मेरो प्रयासलाई सबैले सकारात्मक रुपमा लिएको हेरेको छु ।”

    उनले विभिन्न राजनीतिक घट्नाक्रममा क्लब साझा मञ्च बनेको बताए । सो अवसरमा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल ल्याउने घोषणा गरे । उनले भने, “मैले बजेट निर्माणको प्रक्रियामा फेरबदल ल्याएर देश र जनताको हितमा केन्द्रित गर्ने भनेको छु । योपटक बजेट नयाँ तरिकाले तयारी गरिँदैछ । यसपटकको बजेटले तीन करोडभन्दा तलको आयोजनामा हात नहाल्ने भनेका छौं । यो पटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ ।”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार