images
images

इजरायलद्वारा चौथो पटक इन्धनको मूल्य वृद्धि

इजरायलद्वारा चौथो पटक इन्धनको मूल्य वृद्धि

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • इजरायलद्वारा चौथो पटक इन्धनको मूल्य वृद्धि

    इजरायलले इन्धनको मूल्य ७.५१ शेकेलको तुलनामा ७.७२ शेकेल (करिब २.०९ अमेरिकी डलर) वृद्धि भएको घोषणा गरेको छ ।

    इजरायली ऊर्जा मन्त्रालयले आइतबार एक वक्तव्य जारी गर्दै सोमबारदेखि लागू गरेको मूल्य वृद्धि एक महिनामा चौथो पटकको वृद्धि हो ।

    सोमबारदेखि लागु हुने मूल्य वृद्धि गत वर्षको डिसेम्बरको भन्दा ११.२ प्रतिशतले वृद्धि भएको छ र सन् २०२२ जुलाई पछिको उच्चतम स्तरमा पुगेको छ । 

    मन्त्रालयका अनुसार हालको वृद्धि भूमध्यसागरीय देशहरूमा औसत ईन्धनको मूल्यलाई आधार बनाएर निर्धारित गरिएको हो ।

    सन् २०२४ को बजेटमा उल्लेखित इन्धनको मूल्य निर्धारणको महत्वपूर्ण तत्व अन्तःशुल्क करका लागि अनुदान बन्द गर्ने सरकारको निर्णयबाट निरन्तर मूल्य वृद्धिको एउटा प्रमुख कारण हो । 

    यसले जारी द्वन्द्वको बिचमा अन्य खर्चहरू घटाउँदै रक्षा खर्चलाई प्राथमिकता दिन्छ ।

    ‘येदिओथ अहरोनोथ’ दैनिक पत्रिकाका वरिष्ठ विश्लेषक गड लिओरले सिन्ह्वालाई बताए अनुसार इन्धनको मूल्य वृद्धिले गर्दा इजरायलमा विद्युत् र पानीको मूल्यमा पनि छिट्टै वृद्धि हुन सक्छ र मुद्रास्फीति दरमा देखिएको घट्दो प्रवृत्तिलाई उल्टाउन सक्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार