images
images

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली, कुन देशमा कति ?

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली, कुन देशमा कति ?

सोमवार, चैत १९ २०८०
सोमवार, चैत १९ २०८०
  • ८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली, कुन देशमा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को फागुन महिनामा मात्रै कामको खोजीमा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

    images
    images

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको ८ महिनामा अर्थात साउनदेखि फागुन मसान्तसम्ममा कामको खोजीमा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको संख्या हो ।

    विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुन सकिंदासम्म नयाँ श्रम स्वीकृति लिएर विदेशिनेको श्रमिकको संख्या २ लाख ८६ हजार ९३२ पुगेको छ । यसबाहेक पुनः श्रम स्वीकृति लिएर जानेको संख्या १ लाख ८४ हजार २८८ जना छ ।

    कुन देशमा कति ? 

    फागुन महिनामा यूएईमा १८ हजार ७ सय ७, साउदीमा १३ हजार २ सय ६७, कतारमा ११ हजार ३ सय ९०, मलेसियामा ८ हजार ७ सय १४, कुवेतमा ३ हजार २ सय ६, रोमानियामा १ हजार ७ सय ८४ जना र  जापानमा १ हजार ३ सय ६० जना रोजगारीका लागि पुगेका छन् ।

    यस्तै, बहराइनमा ९ सय २८, क्रोयसियामा ९ सय १५, मोरिससमा ८ सय ५९,  दक्षिणकोरियामा ७ सय ७०, साइप्रसमा ५ सय ७७ र अमोनमा ५ सय ३३ जना श्रमका लागि उडेका छन् ।

    फागुन महिनामा मात्रै ३५ हजार ६६ जना पुरुष र ४ हजार ८ सय ४५ जना महिला श्रमिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेशिएका छन् ।

    दक्ष कामदार कति ?

    फागुन महिनामा सबैभन्दा धेरै नेपाली काम सिकेर रोजगारका लागि विदेशमा गएको देखिन्छ । फागनुमा विदेश गएका ६५ हजार युपाहरू मध्ये ४७ हजार ५ सय ७७ नेपालीले काम सिकेर गएको देखिएको छ ।  

    यस्तै, १२ हजार ४ सय ८७ नेपालीले भने अदक्ष रूपमै श्रम स्वीकृति लिएको देखिन्छ । माघमा सेमिस्किल्ड नेपालीको संख्या ५ हजार १ सय ६० छ । प्रोफेसनल र हाइस्किल्ड नेपालीको संख्या क्रमशः ३ सय ४९ र ८५ मात्र रहेको विभागको तथ्याङ्क छ ।

    यस्तै, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्ममा अर्थात ७ महिनाको अवधिमा नेपालले विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.६ प्रतिशतले बढेर ८ खर्ब ३९ अर्ब पुगिसकेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार