images
images

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनः वार्ता प्रारम्भ

अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनः वार्ता प्रारम्भ

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • अमेरिका र चीनद्वारा सुरक्षित सैन्य अन्तरक्रियाबारे पुनः वार्ता प्रारम्भ

    अमेरिका र चीनले दुई वर्षभन्दा धेरै समयमा पहिलोपटक आफ्ना सशस्त्र सेनाहरूबीचको अन्तरक्रियामा सुरक्षाबारे वार्ता गरेको अमेरिकी सेनाले शुक्रबार बताएको छ । 

    images
    images

    अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका चिनियाँ समकक्षी सी जिनपिङ नोभेम्बरमा भएको शिखर सम्मेलनमा सैन्य–देखि–सैन्य सञ्चार पुनःस्थापना गर्न र दुई मुलुकबीचको तनाव कम गर्न सहमत भएपछि वार्ता पुनः सुरु भएको हो ।

    अमेरिकी र चिनियाँ सैन्य प्रतिनिधिहरूले बुधबार र बिहीबार हवाईमा सैन्य समुद्री परामर्श सम्झौता कार्य समूहका लागि भेट गरेको युएस इन्डो–प्यासिफिक कमान्डले विज्ञप्तिमा बताएको छ । सन् २०२१ को अन्त्यमा भर्चुअल कार्यक्रमपछि यस्तो प्रकारको यो पहिलो बैठक हो । 

    “यो सम्झौता चिनियाँ सेनासँग इन्डो–प्यासिफिक कमान्डको हवाई र समुद्री परिचालन सुरक्षामा प्रत्यक्ष चर्चा गर्ने प्राथमिक माध्यम हो”, अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख अमेरिकी सेना कर्नल इयान फ्रान्सिसले एक विज्ञप्तिमा भने, “चिनियाँ सेना (पिपुल्स लिबरेसन आर्मी, पिएलए) र यस क्षेत्रका अन्य सबै सैन्य बलहरूसँग दुर्घटना र गलत सञ्चारबाट बच्नका लागि खुला, प्रत्यक्ष र स्पष्ट सञ्चार अत्यन्त महत्त्वपूर्ण छ ।”

    इन्डो–प्यासिफिक कमान्डले यस साताको बैठकका क्रममा अमेरिकी र चिनियाँ अधिकारीहरूले ‘पछिल्ला केही वर्षमा सुरक्षासँग सम्बन्धित घटनाहरूको समीक्षा गरेको र समुद्री तथा उड्डयन परिचालन सुरक्षा र व्यावसायिकतालाई कायम राख्नेबारे छलफल गरेको’ बताएको छ । 

    चिनियाँ युद्धक विमान र जहाजहरूले अमेरिकी र सहयोगी विमान तथा जहाजहरू वरपर असुरक्षित तरिकाले काम गरेको अमेरिकाले हालैका वर्षहरूमा बारम्बारका घटनाहरू उजागर गरेको छ । 

    अमेरिकी रक्षामन्त्री लोयड अस्टिनल बाइडेन र सीले सैन्य–देखि–सैन्य वार्त पुनः सुरु गर्न सहमति व्यक्त गर्नुअघि विशेषगरी अमेरिकी र चिनियाँ सेनाबीच सञ्चारको खुला लाइनको अभावमा दुर्घटनाहरू नियन्त्रणभन्दा बाहिर हुने सम्भावना रहेको चेतावनी दिएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार