images
images

महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम : मन्त्री भगवती चौधरी

महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम : मन्त्री भगवती चौधरी

शनिवार, चैत २४ २०८०
शनिवार, चैत २४ २०८०
  • महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम : मन्त्री भगवती चौधरी

    विराटनगर / सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताएकी छन् । मन्त्री चौधरीले महिलालाई उद्यमशिलतामा जोड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने बताइन् ।

    विराटनगरमा आजबाट सुरू भएको महिला उद्यमशिलता प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि विशेष कार्यक्रमहरु ल्याउने योजना अघि बढिरहेको बताइन् । 

    निजी क्षेत्रले केही नयाँ कार्यक्रममार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने पनि उल्लेख गरिन् ।

    “महिलालाई उद्यमशिलतामा जोड्ने योजना बनाइरहेका छौँ। मुलुकका ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बिउ पूँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यसले देशमा महिला उद्यमशिलताको मात्र विकास गर्दैन हजारौँ महिलालाई आत्मनिर्भर पनि बनाउन सफल हुनेछ ।” महिला आर्थिक, सामाजिक, शारीरिक र मानसिक रुपमा पीडित रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भनिन् । 

    महिला अधिकार, सशक्तिकरणका बारेमा ठूल्ठूला पाँचतारे होटलमा हुने सेमिनार र गोष्ठि जस्ता कार्यक्रमले ग्रासरूटमा रहेका महिलाहरूलाई  नछोएको भन्दै मन्त्री चौधरीले स्थानीय तहमै गएर महिलाका पिडा सुन्न अनुरोध पनि गरिन् । 

    “तारे होटलमा जम्मा गराएर यसो र उसो गर्नुपर्छ भन्दै भाषण गरेर मात्र उनीहरुको सीप विकाससहित आर्थिक र सामाजिक विकास हुँदैन ।” चौधरीले भनिन् । 

    हरेक वडामा ५ देखि १० जना छोरीलाई दुई तीनवर्ष सम्म ऋण तिर्न नपर्ने शर्तमा बीउ पूँजीको व्यवस्था गरेर प्याकजमै सीप विकास कार्यक्रम सञ्चालन गर्ने मन्त्री चौधरीको योजना छ । 

    त्यसका लागि उनले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री समेतलाई अवधारणा बुझाइसकेकी छन् । 

    चौधरीको योजना आगामी आर्थिक वर्षमा लागू भए एकैपटक देशभर महिलाहरू आर्थिक सशक्तिकरणको अभियानमा जोडिनेछन् ।

    “यो कार्यक्रमले महिलाको जीवनमा आर्थिक परिवर्तन आउँछ भन्ने हाम्रो अपेक्षा हो, यसमा प्रधानमन्त्री र अर्थमन्त्री समेत सकारात्मक हुनुहुन्छ,” उनले भनिन् । 

    कार्यक्रमका लागि कति बजेट विनियोजन हुने र प्रत्येक समूहलाई कति बिउ पूँजीको व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको भन्दै चौधरीले मुलुकको विकास गर्न नीजि क्षेत्र र सरकार दुवै सँगसँगै अगाडी बढ्नुपर्नेमा जोड दिइन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार