images
images

सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड

सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • images
    images
    सिस्नो पानी न्यानो लाग्न थालेको छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजको बेथिति र विकृति अन्त्य  गर्न सिस्नो पानी नेपाल सधैँ सक्रिय हुँदै आएको बताएका छन् । 

    images
    images

    कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित कार्यक्रममा उनले राजनीतिकर्मीलाई सचेत बनाउन सिस्नोपानीजस्ता सङ्घसंस्थाको महत्वपूर्ण भूमिका रहने बताए । 

    “सिस्नोपानीले पोल्छ, तर नेतालाई अचेल सिस्नोपानी न्यानो लाग्न थालेको छ”, उनले भने, “यसले हाम्रा क्रियाकलाप पारदर्शी र सचेत बनाउन मद्दत गर्छ ।”

    सिस्नो नेपालले राष्ट्रिय भाव जागृत गर्ने ध्येयले ‘राष्ट्र’ शीर्षकमा सो कार्यक्रम आयोजना गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सो कार्यक्रमको शुभारम्भ गरेका थिए । 

    कार्यक्रममा सभामुख, मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेता उपस्थिति थिए । कार्यक्रममा राष्ट्रपति पौडेलले गायिका मेनुका पौडेललाई रु एक लाख र ताम्रपत्रसहित सम्मान प्रदान गरेका थिए । 

    कार्यक्रममा शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षामा सकारात्मक सोच ल्याउन जरुरी रहेको बताइन् । 

    कार्यक्रममा डा भगवान कोइरालाले देशको मुटु कुशल प्रशासन तन्त्र भएको र त्यसलाई जोगाउने कर्तव्य राजनीतिको हुने सुझाव दिएकी थिइन्। “प्रशासनले प्रभावशाली काम गर्ने वातावरण राजनीतिले दिने हो”, उनले भनिन् ।

    कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको सम्झनामा सङ्गीत प्रस्तुत गरिएको थियो । उनकै गीत ‘जहा छन् बुद्धका आँखा...’ पाका कलाकारले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, हास्य कलाकार मनोज गजुरेल र चन्द्र दवाडीले ‘सहिद गेट’ नामक नाट्य प्रस्तुत गरेका थिए । 

    कवि अर्जुन पराजुलीको ‘मेरो देशमा’, र लक्ष्मण गाम्नागेको ‘लेख्न बाँकी एउटा कविता’ ले समसामयिक राजनीतिक एवं सामाजिक विसङ्गति माथि व्यङ्ग्य पोखेको थियो । उक्त कार्यक्रमको परिकल्पना टङ्क आचार्यले गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार