चर्चित समाचार
  • सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार

    सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार

    आइतवार, बैशाख २ २०८१
    आइतवार, बैशाख २ २०८१
  • सुनसरीको महाकुम्भ मेलामा बेहोस भई ढलेका ४ जनाको उद्धार

    सुनसरी / जिल्लाको बराहक्षेत्र नगरपालिका १ स्थित पिण्डेश्वर पूर्ण महाकुम्भ मेला परिसरमा अत्याधिक गर्मीका कारणले वेहोस भएका ४ जनाको सशस्त्र प्रहरीले तत्कालै उद्धार गरी उपचारको लागि अस्पताल पठाएको छ ।

    सोही नगरपालिका–१० बस्ने ३० बर्षकी रिना पोख्रेल,  काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने ४५ बर्षिय अच्युत चौलागाई, उदयपुर जिल्लाकी ५६ बर्षिया मन्जु खतिवडा र सर्लाही जिल्लाका ५० बर्षिय सन्तोष त्रिपाठी सोही ठाउँको पूर्ण महाकुम्भ मेलामा जाने क्रममा अचानक बेहोस भएपछि सुरक्षा बेश चतराबाट खटिएको ११ जनाको विपद् उद्धार टिमले उद्धार गरी सशस्त्र प्रहरी बलद्वारा संचालित अस्थायी स्वास्थ्य शिबिरमा प्रथमिक उपचार पश्चात् थप उपचारको लागि चतरा अस्पताल पठाएको हो । 

    गत चैत्र २७ बाट यहि बैशाख २८ गते सम्म संचालन हुने महाकुम्भ मेलामा सशस्त्र प्रहरी बलले मेला अबधीभर निःशुल्क स्वास्थ्य शिबिर सहित बिपद उद्धार टिम समेत परिचालन गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार