images
images

भन्सार छलेर ल्याइएका १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा, ३२ थान मोवाइल बरामद

भन्सार छलेर ल्याइएका १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा, ३२ थान मोवाइल बरामद

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • भन्सार छलेर ल्याइएका १५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा, ३२ थान मोवाइल बरामद

    काठमाडौँ / सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राती जिल्लाको शहिदनगर नगरपालिका–२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

    images
    images

    शंकास्पद कागजपत्रको आधारमा नियन्त्रणमा लिईएको प्याजको ३ लाख २७ हजार र ट्रकको २२ लाख मूल्याङ्कन गरी आवश्यकक कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

    यसैगरी सोही गण मातहत बिओपी फुलगामाले बुधबार दिउँसो जिल्लाको मुसहरनिया गाउँपालिका–६ स्थित मरघटियाबाट भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ३२ थान मोवाइल बरामद गरेको छ ।

    मोटरसाइकलमा ल्याउँदै गरेको मोवाइलको मूल्य ५ लाख ३५ हजार र मोटरसाइकलको १ लाख मूल्य कायम गरी आवश्यक कारबाहिको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार