images
images

नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन, एक बर्षमा कुन उमेर समुहका पर्यटक कति भित्रिए ?

नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन, एक बर्षमा कुन उमेर समुहका पर्यटक कति भित्रिए ?

बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • नेपालमा पर्यटकको औसत बसाइ १३.२ दिन, एक बर्षमा कुन उमेर समुहका पर्यटक कति भित्रिए ?

    काठमाडौँ / नेपालमा एक जना पर्यटकको औसत बसाइ १३.२ दिन रहेको पाइएको छ ।

    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ मा प्रति पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ । तथ्याङ्क अनुसार यो संख्या सन् २०२२ को तुलनामा सामान्य बढी हो । सन् २०२२ मा प्रति पर्यटकको औसत बसाई अवधि १३.१ दिन रहेको थियो । 

    सन् २०२३ मा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल आएका थिए । सन् २०२२ को तुलनामा पर्यटक आगमन ६५.०५ प्रतिशतले बढेको थियो । सन् २०२२ मा ६ लाख १४ हजार ८६९ जना पर्यटक आएका थिए ।

    कोभिड महामारीका बेला कम पर्यटक आएपनि पर्यटकको बसाइ अवधि भने बढी हो । सन् २०२० मा १५.१ दिन र सन् २०२१ मा १५.५ दिन बसाइ अवधि थियो ।

    2.JPG

    त्यसअगाडि धेरै पर्यटक आएको वर्ष सन् २०१९ मा १२.७ दिन औसत प्रतिपर्यटक बसाइ अवधि थियो । नेपाल आउने पर्यटकमध्ये ५५.८४ प्रतिशत पुरुष र ४४.१२ प्रतिशत महिला रहेको तथ्यांक छ । सन् २०२२ को तुलनामा महिला पर्यटक बढेको देखिएको छ ।

    नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै ३१–४५ वर्ष उमेर समूहका धेरै छन् । सन् २०२३ मा यो उमेर समूहका सर्वाधिक ३ लाख १७ हजार १७० जना आएका छन् । यो कुल पर्यटक आगमनको ३१.२५ प्रतिशत हो ।

    दोस्रो स्थानमा ४६ देखि ६० वर्ष उमेर समूहका छन् । यो समूहका २ लाख ७२ हजार ३४२ जना पर्यटक आएका छन् । यो २६.८४ प्रतिशत हो ।

    पर्यटकको औसत बसाइ

    सन् २०१९– १२.७ दिन
    सन् २०२०– १५.१ दिन
    सन् २०२१– १५.५ दिन
    सन् २०२२– १३.१ दिन
    सन् २०२३– १३.२ दिन

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार