images
images

अर्थतन्त्रमा छैन सुधारको संकेत : आयात निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

अर्थतन्त्रमा छैन सुधारको संकेत : आयात निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चैत महिनामा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ ।

आइतवार, बैशाख ९ २०८१
आइतवार, बैशाख ९ २०८१
  • images
    images
    अर्थतन्त्रमा छैन सुधारको संकेत : आयात निर्यात दुवै घट्यो, व्यापार घाटा कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को चैत महिनामा पनि अन्तर्राष्ट्रिय व्यापारमा सुधार आउन सकेको छैन।

    images
    images

    भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चैत महिनामा गत आर्थिक बर्ष २०७९/८० को तुलनामा आयात र निर्यात दुवै घटेको छ। यस अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ ।

    तथ्याङ्क अनुसार चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

    त्यस्तै, यस अवधिमा १ खर्ब १३ करोड ९४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

    यता, चैतसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ नाघेको छ । फागुन महिनासम्म ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

    चैतसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.७५ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

    चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार