images
images

चेम्बर अफ कमर्स र क्रोएसियाले व्यवसायिक सहकार्य गर्ने, व्यापार सहजीकरण र पर्यटनमा लगानी गर्ने समझदारी

चेम्बर अफ कमर्स र क्रोएसियाले व्यवसायिक सहकार्य गर्ने, व्यापार सहजीकरण र पर्यटनमा लगानी गर्ने समझदारी

सोमवार, बैशाख १७ २०८१
सोमवार, बैशाख १७ २०८१
  • images
    images
    चेम्बर अफ कमर्स र क्रोएसियाले व्यवसायिक सहकार्य गर्ने, व्यापार सहजीकरण र पर्यटनमा लगानी गर्ने समझदारी

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने समझदारी बनेको छ । काठमाडौँमा भएको अन्तराष्ट्रिय सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डलबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानीका विषयमा समझदारी भएको चेम्बर अफ कमर्सले जनाएको छ ।

    images
    images

    अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बरले, जलविद्युत, होटल लगायतका क्षेत्रमा १ दर्जन योजनालाई लगानीका लागि सोकेसमा राखेको छ । क्रोएसियाका व्यवसायिक प्रतिनिधीमण्डल समक्ष चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । 

    अन्तराष्ट्रिय लगानी सम्मेलनका क्रममा चेम्बर र क्रोएसियाका पदाधिकारीहरुबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटो लगायतका विषयमा छलफल भएको थियो । चेम्बर अध्यक्ष अग्रवालले नेपालमा रहेको श्रमशक्ति, मूल्य, प्रतिफलको सुनिश्चितता लगायतका कारण लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताए । 

    नेपालबाट निर्यात जन्य बस्तुहरुको उत्पादन वृद्धि, भन्सार सहजीकरण, जस्ता विषयमा क्रोएसियाको निजी क्षेत्रसँग सहकार्य गर्न नेपाल चेम्वर अफ कमर्स सदैव तयार रहेको अध्यक्ष अग्रवालले बताए ।

    अध्यक्ष अग्रवालले पर्यटन, जलविद्युत, प्राकृतिक श्रोत, साना तथा मध्यमखाले उद्योगमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए । चेम्बर र क्रोएसियाका निजी क्षेत्रका प्रतिनिधीबीच व्यवसायिक सहकार्य गर्ने समझदारी समेत भएको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार