images
images

९ महिनामा विदेशी मुद्राको सञ्चिति २४.२ प्रतिशतले बढ्यो, १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने

९ महिनामा विदेशी मुद्राको सञ्चिति २४.२ प्रतिशतले बढ्यो, १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने

आइतवार, बैशाख ३० २०८१
आइतवार, बैशाख ३० २०८१
  • ९ महिनामा विदेशी मुद्राको सञ्चिति २४.२ प्रतिशतले बढ्यो, १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्ने

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा विदेशी मुद्राको सञ्चिति २४.२ प्रतिशतले बढेको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २४.२ प्रतिशतले वृद्धि भई २०८० चैत मसान्तमा रु.१९११ अर्ब ८६ करोड पुगेको हो । 

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा २०८० चैत मसान्तमा २२.७ प्रतिशतले वृद्धि भई १४ अर्ब ३६ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा रु.१३४५ अर्ब ७८ करोड रहेकोमा २०८० चैत मसान्तमा २५.४ प्रतिशतले वृद्धि भई रु.१६८८ अर्ब २१ करोड पुगेको छ । 

    बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा रु.१९३ अर्ब ५९ करोड रहेकोमा २०८० चैत मसान्तमा १५.५ प्रतिशतले वृद्घि भई रु.२२३ अर्ब ६५ करोड कायम भएको छ । २०८० चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.६ प्रतिशत रहेको छ ।

    सञ्चिति पर्याप्तता सूचक

    आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५ महिनाको वस्तु आयात र १२.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । 

    २०८० चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.५ प्रतिशत, १०४ प्रतिशत र २८.९ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.८ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेका थिए ।

    कच्चा पेट्रोलियम एवम् सुनको मूल्य

    अन्तर्राष्ट्रिय बजारमा २०७९ चैत मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ८६.५१ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० चैत मसान्तमा ७.६ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ९३.१२ पुगेको छ । 

    त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ चैत मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २०४८.४५ रहेकोमा २०८० चैत मसान्तमा १७.२ प्रतिशतले वृद्धि भई अमेरिकी डलर २४०१.५० पुगेको छ ।

    विनिमय दर

    २०८० असार मसान्तको तुलनामा २०८० चैत मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.२३ प्रतिशतले अवमूल्यन भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.६९ प्रतिशतले अवमूल्यन भएको थियो । २०८० चैत मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१३२.८० पुगेको छ । २०८० असार मसान्तमा उक्त विनिमय दर रु.१३१.१७ रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार