चर्चित समाचार
  • ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ’ सेवा सञ्चालन गरिने

    ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ’ सेवा सञ्चालन गरिने

    मंगलवार, जेठ १ २०८१
    मंगलवार, जेठ १ २०८१
  • ठूला अस्पतालमा दुई ‘सिफ्टमा बहिरङ’ सेवा सञ्चालन गरिने

    काठमाडौँ / सरकारले पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने जनाएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आव २०८१/८२ को वार्षिक नीति तथा कार्यकममा  सङ्घीय अस्पताललाई कार्य बोझको आधारमा पुनःसंरचना गरिने उल्लेख छ । 

    वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताललगायत पर्याप्त र जनशक्ति उपलब्ध भएका अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चारलन गरिने, कान्ति बाल अस्पतालमा थप पूर्वाधार निर्माण र स्तरोन्नति गरी सुविधा सम्पन्न बनाइने उल्लेख छ।

    त्यसैगरी, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई हृदयरोगसम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम संस्थाको रूपमा विकास गरिने पनि सरकारको नीति तथा कार्यक्रममा रहेको छ । 

    नीति तथा कार्यक्रममा सङ्घीय एवं प्रादेशिक अस्पतालमा स्वास्थ्य तथा उपचारसँग सम्बन्धित अभिलेख एवं सेवा प्रवाहलाई विद्युतीय प्रणालीमा आधारित बनाइने, एकै किसिमको परीक्षण पटक–पटक गर्नु नपर्ने र मेडिकल रेकर्ड अद्यावधिक गर्ने गरी स्वास्थ्य संस्थाको विद्युतीय अभिलेख राख्ने व्यवस्था मिलाई त्यस्तो अभिलेखमा एक अर्काको पहुँच हुने व्यवस्था गरिने उल्लेख छ । 

    यसैगरी पाठेघरविरुद्ध खोपलाई जिल्ला अस्पतालसम्म विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख  छ ।  

    १० देखि १४ वर्ष उमेर समूहका बालिकालाई दिइने खोप सेवालाई जिल्ला अस्पतालसम्म विस्तार गरिने ,पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निःशुल्क स्क्रिनिङ गरिने,सुरक्षित मातृत्व र रोग नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘पाइलटिङरडेमोन्सट्रेसन’ २०८० भदौ २७ गते परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीबाट गरेको थियो । 

    २० हजार मात्रा खरिद गरेर ल्याइएकाले सात प्रदेशमा एक÷एक  अस्पतालबाट मात्र खोप दिइएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार