चर्चित समाचार
  • उपायको 'क्वार्टरव्याक' लगानी चरण सम्पन्न, नेपाल बाहिर विस्तार गर्ने योजना

    उपायको 'क्वार्टरव्याक' लगानी चरण सम्पन्न, नेपाल बाहिर विस्तार गर्ने योजना

    शुक्रवार, जेठ ४ २०८१
    शुक्रवार, जेठ ४ २०८१
  • उपायको 'क्वार्टरव्याक' लगानी चरण सम्पन्न, नेपाल बाहिर विस्तार गर्ने योजना

    काठमाडौँ / प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हाले २७ करोड ५० लाख नेपाली रुपैयाको लगानी चरण सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ, जसलाई ‘कार्टरब्याक’ नाम दिइएको छ।

    यो कार्यक्रम २०२४ मे १५ मा काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत सम्पन्न भयो। यो चरणलाई कम्पनीद्वारा ‘क्वार्टरब्याक’ नामाकरण गरिएको थियो, ‘क्वार्टरब्याक’ अमेरिकन फुटबलबाट प्रेरित नामाकरण हो। 

    जसरी क्वार्टरब्याकको महत्त्वपूर्ण भूमिका खेलमा गोल सुनिश्चित गर्नमा हुन्छ, त्यस्तैगरी उपायका व्यक्तिगत लगानीकर्ताहरू अर्थात ‘क्वार्टरब्याकहरू’को लगानीले उपायलाई आफ्नो व्यवसाय तथा नाफाका लक्ष्यहरू हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ।

    २०१९ मा स्थापना भएदेखि, हालसम्म उपायले ७० करोड नेपाली रुपैयाँको लगानी हासिल गरिसकेको छ। नेपालको सबैभन्दा ठूलो निजी इक्विटी फर्म डोल्मा इम्प्याक्ड फण्ड जसमा FMO, BII, Swedfund, IFC, DFC र JICA ले लगानी गरेको छन् भने Dolm उपायको एक प्रमुख लगानीकर्ताको रूपमा रहेको छ। 

    आगामी दिनहरूमा, उपाय नेपालकै पहिलो एक लाख वर्गफुटको तेस्रो पक्ष लजिस्टिक्स  (3PL) warehousing (वेरहाउस) सुविधालाई अगाडि बढाउनेमा केन्द्रित रहने छ। 

    कम्पनीले यस वृहत परियोजनाको लागि थप लगानीको खोजी गरिरहेको छ, जसका लागि केहि अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाहरूसँग सम्झौताहरू गरिसकेको छ। 

    थप, उपाय निकट भविष्यमा नेपाल स्टक एक्सचेन्जमा क्ष्एइ मार्फत आफ्नो सेयरहरूको सार्वजनिक सूचीकरणको तयारी पनि गर्दैछ। उपाय नेपाल बाहिर विस्तार भइ अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गर्ने पनि योजना बनाइरहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार