images
images

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन,  लक्ष्य थियो २१ करोड  सङ्कलन गर्ने

दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन,  लक्ष्य थियो २१ करोड  सङ्कलन गर्ने

बुधवार, जेठ ९ २०८१
बुधवार, जेठ ९ २०८१
  • images
    images
    दमक नगरपालिकाद्वारा १४ करोड बढी राजस्व सङ्कलन,  लक्ष्य थियो २१ करोड  सङ्कलन गर्ने
    images
    images

    दमक नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु १४ करोड २४ लाख २० हजार एक सय ३२ राजस्व सङ्कलन गरेको छ । 

    images
    images

    नगरपालिकाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रु दुई करोड ५१ लाख ६३ हजार नौ सय ७३ रकम बढी राजस्व सङ्कलन गरेकोे हो । 

    गत आवको १० महिनामा दमक नगरपालिकाले रु ११ करोड ७२ लाख ५६ हजार एक सय ५९ रकम राजस्व सङ्कलन गरेको थियो । 

     नगरपालिकाका सूचना अधिकारी समिप चुडालले चालु आवमा  रु २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा वैशाख मसान्तसम्ममा ६८ प्रतिशत राजस्व सङ्कलन गरिएको जानकारी दिएका छन् । 

    “चालु आवको दुई महिनामा  राजस्व सङ्कलनको बाँकी ३२ प्रतिशत रकम उठाउने लक्ष्य भेट्टाउन कठिन छ”, उनले भने । 


    दमक नगरपालिकाले विभिन्न २६ शीर्षकमा राजस्व सङ्कलन गर्दै आन्तरिक आय गर्दै आएको छ ।

     नगरपालिकाले हालसम्म सम्पत्ति करबापत रु दुई करोड नौ लाख, कृषि तथा पशुजन्य वस्तुको व्यावसायिक कारोबारमा लाग्ने दस्तुरबापत  रु एक करोड ६० लाख रकम सङ्कलन गरेको सूचना अधिकारी चुडालले बताए । 

    नगरपालिकाले चालु आवको वैशाखसम्ममा मालपोत कर रु एक करोड ६४ लाख, सम्पत्ति कर रु एक करोड ५५ लाख, नक्सापास दस्तुर रु एक करोड ६० लाख, बहाल करबापत रु एक करोड १८ लाख बढी सङ्कलन गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार