images
images

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ र बिक्री गर्न कानुनी व्यवस्था गरिने

घरेलु मदिराको उत्पादन, ब्राण्डिङ र बिक्री गर्न कानुनी व्यवस्था गरिने

मंगलवार, जेठ १५ २०८१
मंगलवार, जेठ १५ २०८१
  • घरेलु मदिराको उत्पादन, ब्राण्डिङ र बिक्री गर्न कानुनी व्यवस्था गरिने

    काठमाडौँ / सरकारले घरेलु मदिराको बिक्री गर्न कानुनी बाटो खुला गरेको छ । आगामी आर्थिक बर्ष २०८१/८२ का लागि बजेट घोषणा गर्द अर्थमन्त्री बर्षमान पुनले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण र बिक्री गर्न कानुनी व्यवस्था गरिने घोषणा गरिने । 

    घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले बजेटमा स्थान पाएसँगै अब घरेलु मदिरा बिक्री गर्ने बाटो खुलेको हो । यसअघि गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन् । 

     सर्वोच्च अदालतले केही वर्षअघि संस्कारजन्य कार्यका लागि एक परिवारले वर्षमा ३० लिटरसम्म उत्पादन गर्न पाउने फैसला गरेपनि व्यावसायिक उत्पादन र बिक्रीवितरणका लागि बर्जित घरेलु मदिराले अब वैधानिक मान्यता पाउने भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार