images
images

बीमा प्राधिकरणले पदपूर्ति गर्दा उठेको विषय के हो ?

बीमा प्राधिकरणले पदपूर्ति गर्दा उठेको विषय के हो ?

बिहिवार, जेठ ३१ २०८१
बिहिवार, जेठ ३१ २०८१
  • बीमा प्राधिकरणले पदपूर्ति गर्दा उठेको विषय के हो ?

    काठमाडौं/  नेपाल बीमा प्राधिकरणले नियमित कार्यहरू गर्ने विषयमा गरेको एक पदपूर्ति प्रक्रिया सम्बन्धमा प्रश्न उठेको छ । 
    यसको प्रकृयालाई लिएर उठेको विषयमा प्राधिकरणले विज्ञप्ति निकाल्दै  स्पष्टिकरण दिएको छ । विज्ञप्तिमा भनेको छ, ‘केही संचार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने गरी कुत्सित मनसायका साथ भ्रामक, तथ्यहीन, आधारहीन तथा कपोलकल्पित मनगढन्ते कुरा राखी मनोगत रूपमा प्रकाशन गरेको समाचारप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ ।’


    बढुवाद्वारा विधिसम्मत् ढङ्गले पदपूर्ति गरिने विषय कानूनद्वारा स्वीकृत प्रक्रिया नै भएको जिकिर प्राधिकरणले गरेको छ । 

     नियमसंगत लोकसेवा आयोग सहितको सहभागितामा पदपूर्ति समितिद्वारा सम्पादन हुने विषय रहेको प्राधिकरणले प्रष्ट पारेको छ ।  तर, एकतर्फी रूपमा मनलागी किसिमले सार्वजनिक निकायका पदाधिकारी, प्राधिकरणका कर्मचारी र तिनको परिवारको समेत चरित्र हत्या गर्ने गरी  कतिपय मिडियाले खेद गर्नु दःखद भएको भनेको छ । 


    प्राधिकरणका रिक्त पदहरूमा पदपूर्तिको प्रक्रिया प्रारम्भ नै भइनसकेको अवस्थामा पत्रकारिताको मर्यादा विपरीत प्रकाशित कपोलकल्पित, भ्रामक र तथ्यहीन त्यस्ता समाचारमा कुनै सत्यता नरहेको  प्रवक्ता  सुशीलदेव सुवेदीले बताएका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार