निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब प्रतिलिटर कति ?

निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब प्रतिलिटर कति ?

शनिवार, असार १ २०८१
शनिवार, असार १ २०८१
  • images
    images
    निगमले घटायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, अब प्रतिलिटर कति ?

    काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । 

    images
    images

    इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिदमूल्य अनुसार शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको निगमले जनाएको छ । 

    निगमले घटाएको मूल्य आइतबार बिहान १ बजेदेखि लागु हुनेछ । मूल्य घटेसँगै अब काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।

    त्यस्तै, डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२ रुपैयाँ, सुर्खेत र दाङ वरपर १५१ रुपैयाँ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज क्षेत्रमा १४९ रुपैयाँ कायम भएको छ ।

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार