उत्पादनसँगै रोजगारी सिर्जनाका लागि सहकारीले फण्ड नै छुट्याउनुपर्छ : सिईओ गुरागाई

उत्पादनसँगै रोजगारी सिर्जनाका लागि सहकारीले फण्ड नै छुट्याउनुपर्छ : सिईओ गुरागाई

शुक्रवार, असार ७ २०८१
शुक्रवार, असार ७ २०८१
  • images
    images
    उत्पादनसँगै रोजगारी सिर्जनाका लागि सहकारीले फण्ड नै छुट्याउनुपर्छ : सिईओ गुरागाई

    काठमाडौँ / सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरले सहकारी क्षेत्रमा प्रशस्त रोजगारी सम्भावना रहेको बताएका छन् । 

    राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको प्रथम सहकारी रोजगार मेला २०८१ मा बोल्दै उनले नेपालमा रोजगारीको अवसर छैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए ।

    कठिन मेहनत गरेर लक्ष्यमा पुग्नेहरुका लागि सहकारी क्षेत्रमा सम्भावना रहेको बताउँदै उनले मुलुकमा प्रयास गर्योे भने रोजगारी र वृद्धि विकासको अवसर रहेको बताए । 

    सहकारीले उत्पादन र रोजगारी सिर्जनाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्छ, सानो पुँजीलाई परिचालन गरेर समुदायमा धेरैलाई उत्पादनमा जोड्न सक्छ र आत्मनिर्भर अर्थतन्त्रमा टेवा पुर्याउँछ, यस्तो रोजगारी औपचारिक भन्दा अनौपचारिकमा बढी केन्द्रीत रहन्छ,’ उनले भने ।

    सोही कार्यक्रममा वक्ताको रुपमा रहेका राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले उत्पादन र रोजगारी सँग जोड्ने सहकारी पर्याप्त हुँदा हुँदै पनि सो अनुरुपको उपलब्धी हासिल हुन नसकेको बताए । 

    सहकारी बैंककै सन्दर्भमा दर्जन बढी उत्पादनसँग सम्बन्धीत कर्जा शीर्षक रहेपनि सो शीर्षकमा कर्जाको माग नै नभएको उनले बताए । ५ खर्ब बराबरकाृ ऋण परिचालनमा रोजगारीको क्षेत्रमा ५ अर्ब रुपैयाँ पनि ऋण परिचालन हुन नसकेको उनले बताए । 

    साथै रोजगारीको क्षेत्रमा सहकारीहरुले फण्ड नै छुट्याएर ५ देखि ७ लाख रुपैयाँका दरले दिन सक्छन्, यसको गर्दा रोजगारीसँगै उत्पादनमा सहकारी जोडिनमा थप बल पुग्ने उनले धारणा राखे । 

    हाल सहकारी क्षेत्रमा प्रत्यक्ष रुपमा डेढ लाख बढीले रोजगारी पाएका छन् भने उत्पादनसँग जोडिएका सहकारीमा कुल ग्रार्हस्थ उत्पादनमा (जिडिपी) मा ४ दखि ५ प्रतिशत योगदान रहेको उनको दाबी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार