images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र डेल्क्रेडा नेपालबीच सम्झौता, उधारो बिक्री बीमाको विकास गर्ने उद्देश्य

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र डेल्क्रेडा नेपालबीच सम्झौता, उधारो बिक्री बीमाको विकास गर्ने उद्देश्य

आइतवार, असार ९ २०८१
आइतवार, असार ९ २०८१
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्स र डेल्क्रेडा नेपालबीच सम्झौता, उधारो बिक्री बीमाको विकास गर्ने उद्देश्य

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी र डेल्क्रेडा नेपाल प्रालि बीच नेपालमा उधारो बिक्री बीमा (ट्रेड क्रेडिट इन्स्योरेन्स) प्रवर्द्धन सम्बन्धी समझदारीपत्रमा समझौता भएको छ । 

    images
    images
    images
    images

    समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।

    नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनी सलिको र उधारो बिक्री बीमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपाल बीच नेपाली बजार अनुरुप उधारो बिक्री बीमाको शुभारम्भ तथा विकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको हो । कम्पनीले उक्त सम्झौताले व्यवसायीलगायत सरकारलाई पर्याप्त लाभ हुने विश्वास लिइएको छ ।

    सहकार्यको मूख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्री बीमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु रहेको जनाइएको छ ।

    सहकार्यपछि यसबारे विभिन्न तालिमका आयोजना गरेर उधारो बिक्री बीमाको फाइदाहरूका बारेमा व्यवसायीहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य छ।

    साथै डेल्फ्रेडा नेपालले सलिकोलाई उपयुक्त उधारो बिक्री बीमा नीति विकास गर्न, प्राविधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तर रुपमा आवश्यक सेवा प्रदान गर्न मद्दत गर्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार