विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण

आइतवार, असार १६ २०८१
आइतवार, असार १६ २०८१
  • images
    images
    विपद्मा परेकाको उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण
    काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्मा परेकाहरुलाई राहत वितरण र उद्धारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।  
     
    सभाको आकस्मिक समयमा सांसद देवेन्द्र पौडेलले बाग्लुङ गलकोट नगरपालिका–८ काँडेबासका प्रेम विक र वसन्ती विकले बाढीमा पुरिएर मृत्यवरण गर्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गराए । 
     
    उनले स्याङ्जा र गुल्मीमा बाढीपहिरोको कारण पछिल्लो चार दिनमा ३० जनाको ज्यान गएको समेत उल्लेख गरे । “बाढी पूर्वानुमान महाशाखाले बाढीको जानकारी मात्रै दिएर पुग्दैन, पीडित घाइतेहरुलाई राहत र उपचारको व्यवस्था पनि गर्नुपर्छ”, उनले भने । 
     
    सांसद चन्द्रकान्त भण्डारीले गुल्मीको मालिका गाउँपालिका–६ मा एउटै परिवारका पाँचजनाको परिवारले ज्यान गुमाउनु परेको उल्लेख गर्दै प्राकृतिक प्रकोपको जोखिममा परेकाको उद्धार छिटो र छरितो हुनुपर्नेमा जोड दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार