कोशी, बागमती र गण्डकी प्रदेशमा धेरै भारी बर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह

कोशी, बागमती र गण्डकी प्रदेशमा धेरै भारी बर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह

सोमवार, असार १७ २०८१
सोमवार, असार १७ २०८१
  • images
    images
    कोशी, बागमती र गण्डकी प्रदेशमा धेरै भारी बर्षा हुने, सतर्क रहन मौसमविद्को आग्रह

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार  देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। 

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
     
    सोमबार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
     
    सोमबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    मंगलबार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    साथै कोशी, बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    कोशी,बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
     
    मंगलबार राति देशभर साधारणदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै देशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।

    बुधबार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

    बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
     
    बुधबार राति देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    साथै देशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ। छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  भारी वर्षा तथा कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार