चर्चित समाचार
  • आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ भारी बर्षाको सम्भावना ?

    आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ भारी बर्षाको सम्भावना ?

    बिहिवार, असार २० २०८१
    बिहिवार, असार २० २०८१
  • images
    images
    आगामी तीन दिनको मौसम : कुन कुन प्रदेशमा छ भारी बर्षाको सम्भावना ?

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कोशी, बागमती, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज बिहीबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशैभर केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बिहीबार राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। 

    देशैभर केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    शुक्रबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशैभरका केही स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    कोशी र प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। 

    देशैभरका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश,गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका थोरै प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    शनिबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशैभरका धेरै स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  

    लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । शनिबार राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ ।

    देशैभर केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    देशैभर केही स्थानहरूका मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार