images
images

नेपालगञ्ज र महेन्द्रनगरमा नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

नेपालगञ्ज र महेन्द्रनगरमा नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • images
    images
    नेपालगञ्ज र महेन्द्रनगरमा नेशनल लाईफ इन्स्योरेन्सको नेशनल अवार्ड कार्यक्रम सम्पन्न
    images
    images

    काठमाडौँ / नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेशनल अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीको अध्यक्षतामा नेशनल अवार्ड अन्तर्गत नेशनल रत्न छनौट हुन सफल अभिकर्ताहरूलाई नेपालगञ्जको सोल्टी वेस्टेण्ड होटल र महेन्द्रनगरको ओपेरा होटलमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । 

    images
    images

    सम्मान कार्यक्रममा प्रवन्धक विवेक शर्माले उपस्थित अभिकर्ताहरूलाई आ–आफ्नो लक्ष्य पूरा गर्ने अन्तिम अवसर भएको हुँदा यस समयमा टिम लिडर अभिकर्ताहरू विशेष चनाखो भई आफ्नो र आफ्नो मातहातको अभिकर्ताहरूको लक्ष्य प्राप्तीमा विशेष जोड दिनुपर्ने बताए । 

    समारोहमा नेशनल रत्न विजेता अभिकर्ताहरूलाई नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै सिइओ खत्रीले नेपालको बीमा बजारमा बीमितहरूलाई सबै भन्दा बढि बोनस प्रदान गर्दै आएको यस कम्पनीले पुनः आफ्नो बोनस दरलाई सबै जनाको प्रयासबाट यथावत राख्न सफल भएकोमा अभिकर्ता समूहलाई विशेष धन्यवाद व्यक्त गरे । 

    साथै उनले नेशनल रत्नमा छनौट हुने अभिकर्ताहरूलाई प्रदेश स्तरिय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजना अनुसार नेपालगञ्जमा लुम्विनी र कर्णाली प्रदेशका अभिकर्ताहरूलाई र महेन्द्रनगरमा सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिएको बताए । 

    साथै उनले यसभन्दा अगाडि इटहरीमा कोशी र मधेश प्रदेशका अभिकर्ताहरूलाई र काठमाडौँमा बागमती प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिसकेको र अन्य बाँकी अभिकर्ताहरूलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए । 

    नेपालगंज र महेन्द्रनगरमा सम्पन्न छुट्टाछुट्टै कार्यक्रममा, सिइओ खत्रीसहित प्रवन्धक विवेक शर्मा, विभागिय प्रमुख सुष्मिता राणालगायत नेपालगञ्जमा सम्पन्न कार्यक्रममा कम्पनीका कर्णाली प्रदेश प्रमुख दिपनारायण खनाल तथा लुम्विनी र कर्णाली प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो भने महेन्द्रनगरमा सम्पन्न कार्यक्रममा सुदुरपश्चिम प्रदेश प्रमुख उमाकान्त जोशीलगायत उक्त प्रदेशमा रहेका शाखाहरूका शाखा प्रमुखहरूको समेत उपस्थित रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार