images
images

शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा, चालु खाता बचत २ खर्ब ३९ करोड पुग्यो

शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा, चालु खाता बचत २ खर्ब ३९ करोड पुग्यो

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • शोधनान्तर स्थिति ४ खर्ब २५ अर्बले बचतमा, चालु खाता बचत २ खर्ब ३९ करोड पुग्यो

    काठमाडौँ / नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार शोधनान्तर स्थित ४ खर्ब २५ अर्ब रुपैयााले बचतमा रहेको छ । 

    images
    images
    images
    images

    केन्द्रीय बैङ्कले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको जानकारी दिएको हो । 

    अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब २४ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ७१ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको छ ।

    यस्तै, समीक्षा अवधिमा चालु खाता २ खर्ब ३९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ७९ अर्ब ५३ करोड रुपैयाँले घाटामा रहेको थियो । 

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ६१ करोड ३२ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको छ ।

    यता, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २५.७ प्रतिशतले कमी आई रु.५ अर्ब ४६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब १६ करोड रुपैयाँले धनात्मक रहेको छ । 

    अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ७ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार