images
images

उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा सिमित, तलब तथा ज्यालादर सूचकाङ्क २.८४ प्रतिशतले बढ्यो

उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा सिमित, तलब तथा ज्यालादर सूचकाङ्क २.८४ प्रतिशतले बढ्यो

बुधवार, असार २६ २०८१
बुधवार, असार २६ २०८१
  • उपभोक्ता मुद्रास्फीति ४.१७ प्रतिशतमा सिमित, तलब तथा ज्यालादर सूचकाङ्क २.८४ प्रतिशतले बढ्यो

    काठमाडौँ / चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (महङ्गी) ४.१७ प्रतिशत रहेको छ । 

    images
    images
    images
    images

    नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार जेठ मसान्तसम्ममा महङ्गी ४.१७ प्रतिशत रहेको हो ।  अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.८३ प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.९४ प्रतिशत रहेको छ । 

    समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १६.०२ प्रतिशत, दाल तथा गेडागुडीको ११.७६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ५.५१ प्रतिशतले घटेको छ ।

    समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.४७ प्रतिशत, शिक्षाको ५.६४ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ भने सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ ।

    यस्तै, जेठ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२५ प्रतिशत, तराईको ३.८२ प्रतिशत, पहाडको४.६३ प्रतिशत र हिमालको४.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.१९ प्रतिशत, ६.९३ प्रतिशत, ६.२८ प्रतिशत र ६.३९ प्रतिशत रहेको थियो ।

    थोक मुद्रास्फीति

    २०८१ जेठ महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो ।

    समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.८७ प्रतिशत, ५.३२ प्रतिशत र १.६६ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति २.१२ प्रतिशतलेघटेको छ ।

    तलब तथा ज्यालादर सूचकाङ्क

    २०८१ जेठ महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.८४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो सूचकाङ्क १०.१४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क र ज्यालादर सूचकाङ्क क्रमशः १.०५ प्रतिशत र ३.३६ प्रतिशतले बढेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार