images
images

जब अमेरिकी राष्ट्रपति बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराए...

जब अमेरिकी राष्ट्रपति बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराए...

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • images
    images
    जब अमेरिकी राष्ट्रपति बाइडेनले जेलेन्स्कीलाई पुटिनको रुपमा परिचय गराए...
    images
    images

    अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई गल्तीले रूसी नेता भ्लादिमिर पुटिनको रूपमा परिचय गराएका छन् । 

    images
    images

    यद्यपि, ८१ वर्षीय राष्ट्रपतिले तुरुन्तै आफूलाई सच्याएक थिए । राष्ट्रपति जेलेन्स्कीले यसको प्रतिक्रियामा आफू पुटिनजस्तो नभई एक ‘असल’ युक्रनी नेता भएको बताए ।  

    दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि बाइडेनको उमेर र मानसिक तीक्ष्णताको बारेमा चिन्ता बढेको छ । 

    “अब म यसलाई दृढ सङ्कल्प भएका युक्रेनका राष्ट्रपति पुटिनलाई हस्तान्तरण गर्न चाहन्छु,” बाइडेनले वासिङ्टनमा शिखर सम्मेलनमा नाटो–युक्रेन सम्झौताको घोषणामा भनेका थिए । 

    राष्ट्रपति बाइडेन तुरुन्तै आफुलाई सच्याउँदै भने, “राष्ट्रपति जेलेन्स्कीले राष्ट्रपति पुटिनलाई पराजय गर्नुहुनेछ । म पुटिनलाई हराउनमा यति केन्द्रित छु कि हामीले यसको चिन्ता गर्नुपर्छ ।”

    बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीहरूले केही मिनेटभित्रै उक्त क्लिप प्रसारण गर्न थालेका हुन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार