images
images

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल बढुवा

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल बढुवा

शुक्रवार, असार २८ २०८१
शुक्रवार, असार २८ २०८१
  • माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा अर्याल र नायब महाप्रबन्धकमा जमरकटेल बढुवा

    काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा प्रसिद्धराज अर्याल र नायब महाप्रबन्धकमा सुभाष जमरकटेललाई बढुवा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको साउन १ गतेदेखि लागू हुने गरी अर्याल र जमरकटेललाई बढुवा गरेको हो । 

    काठमाडौँ विश्वविद्यालयबाट व्यापार प्रशासन सङ्कायमा स्नातकोतर गरेका अर्यालसँग कर्जा,  ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ्ग क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र कौशल रहेको छ ।

    अर्यालसँग यसअघि सिभिल बैंक, सनराइज बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकसमेतमा रही विभिन्न पदमा कार्य गरेको अनुभव रहेको छ । 
    यसैगरी सन् २०१० देखि आफ्नो बैंकिङ करियर सुरु गरेका सुभाष जमरकटेल सन् २०११ देखि माछापुछ्रे बैंकमा आबद्ध छन् । 

    यसैगरी, जमरकटेल लेखा र बैंकिङ क्षेत्रमा विशेषज्ञता भएको उच्च दक्ष र अनुभवी चार्टर्ड एकाउन्टेन्टको रुपमा चिनिन्छन् । उनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इन्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन तथा कानूनमा स्नातक तहको डिग्री प्राप्त गरेका छन् । 

    यसबाहेक उनले एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी), थाइल्याण्डबाट बैंकिङ र फाइनान्समा प्रोफेसनल मास्टर्स डिग्री समेत हासिल गरेका छन् ।

    अर्याल र जमरकटेल दुवै जना आफ्नो बैंकिङ् करियरको छोटो समयमा नै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा चिनिन्छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार