images
images

सशस्त्र प्रहरीबाट अवकासपछि बङ्गुर, बाख्रापालेर आकर्षक आर्जन गर्छन जितबहादुर

सशस्त्र प्रहरीबाट अवकासपछि बङ्गुर, बाख्रापालेर आकर्षक आर्जन गर्छन जितबहादुर

आइतवार, असार ३० २०८१
आइतवार, असार ३० २०८१
  • सशस्त्र प्रहरीबाट अवकासपछि बङ्गुर, बाख्रापालेर आकर्षक आर्जन गर्छन जितबहादुर

    तुलसीपुर–४ निवासी जितबहादुर थापा अवकाशप्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक छन् । उनी २०७७ सालमा अवकाशपछि तुलसीपुर–४ बायोखोलामा बङ्गुर, बाख्रा र कुखुरापालन गरिरहेका छन् । 

    images
    images
    images
    images

    उनले २५ वटा बङ्गुर, ४० वटा जति बाख्रा र एक हजार पाँच सय बढी ब्रोइलर कुखुरापालन गर्नुभएको छ । करिब रु १० लाख लागतमा उनले व्यवसाय सुरु गरेका छन् । 

    स्थानीयस्तरमै स्वरोजगार बन्नुपर्ने भन्दै आफूले  काम प्रारम्भ गरेको बताए । “धेरै मान्छे स्वदेशमा श्रम नगरेर विदेश जाने गर्छन्, तर यहाँ नै परिश्रम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ”, थापाले भने ।  उनले वार्षिक रु १५–२० लाख आम्दानी गर्दै आएको बताए । 

    बीस वर्ष सशस्त्र प्रहरी बल नेपालमा  सेवा गरेका थापासामाजिक सेवामा पनि उत्तिकै सक्रिय छन् । मूलपानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसमेत रहनुभएका उनी भन्छन् । “मैले समाजको सेवा गर्ने प्रण गरेको छु, जागिरमा हुँदा शान्ति सुरक्षामा खटिए”, उनले भने, “ अब समाजलाई सकेको सहयोग गर्छु । ”

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार